arrow

गणेश चतुर्थी

गणेश मन्दिरहरूमा भक्तजनको भीड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
ganesh-mandir.jpg

काठमाडौं। आज देशभर वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व भगवान गणेशको विशेष पूजा–आराधना गरेर मनाइन्छ।

धार्मिक मान्यताअनुसार, यसै दिन भगवान गणेशको जन्म भएकोले देशभरका गणेश मन्दिरहरूमा विशेष मेला लागेको छ। काठमाडौं उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक र कमलादी गणेशलगायतका मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। भक्तजनहरूले गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास गर्छन्। कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा कार्य सफल हुने जनविश्वास छ।

हिजो हरितालिका तीजको व्रत बसेका महिलाहरूले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन्। यस दिन कसैको हानी नोक्सानी पुर्‍याए त्यसको पाप नलाग्ने विश्वास पनि गरिन्छ। भोलि ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रूपमा समापन हुनेछ।

यसैबीच, नेवार समुदायले आज चथा पर्व मनाउँदैछन्। यस दिन बेलुका चन्द्रमालाई चोर देवताका रूपमा पूजा गरेर यो पर्व मनाउने चलन छ। यस पूजामा कमलको फूल, चथा फूल, फलफूल, र अदुवाको बोट चढाउने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ