चंखेलीमा एमाले, माओवादी, राप्रपा र नेकपा एसका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
जनकबहादुर शाही,
प्रकाशित २०८२ भदौ १२ बिहिबार
949
Shares
हुम्ला । नेपाली कांग्रेस चंखेली गाउँपालिकाले आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा समीक्षा कार्यक्रम मा विभिन्न राजनीतिक दल, शिक्षक संगठन र कर्मचारी संगठनमा आवद्ध २७ जना नेता कार्यकर्ता सामूहिक रूपमा नेपाली कांग्रेस, नेपाल शिक्षक सङ्घ र नेपाल निजामती कर्मचारी युनियनमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमध्ये नेकपा एमालेका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा नं ४ का अध्यक्ष पदका उम्मेदवार बुद्धि बहादुर शाही, युवा संघ नेपालको कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी सदस्य राजकिरण शाही, ज्ञानेन्द्र शाही, वाचे रावल, नेत्र रावल, गाउँ कमिटी सदस्य हस्त बहादुर शाही, वडा नं ३ का श्याम बुढा, झुपकला बुढा, भरत बुढालगायत रहेका छन् ।
यसैगरी राष्ट्रिय शिक्षक संगठन चंखेली गाउँपालिका अध्यक्ष मान बहादुर शाही, सदस्य हिरा बि.क. र सुनाम बुढाथोकी नेपाल शिक्षक सङ्घमा प्रवेश गरेका छन् भने कर्मचारी संगठनका नवराज उपाध्याय र मोतिलाल देवकोटा नेपाल निजामती कर्मचारी युनियन मा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट वडा नं १ का असौजे बुढा र धनलाल बुढा, वडा नं २ का धनकौरा कामी, प्रकाश जैशी, शिङगलाल जैशी तथा वडा नं ३ का चन्द्र बहादुर बुढा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट वडा नं ६ का कन्न सार्की र वडा नं ४ का गाउँ कमिटी सदस्य हरि प्रसाद पाण्डे तथा राप्रपाबाट वडा नं २ का आलोक देवकोटासमेत कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मोहनबिक्रम सिंह र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारिलाल शाहीले नयाँ प्रवेश गर्ने सदस्यलाई पार्टीको रसिद हस्तान्तरण गर्दै अबिर टसिखादा लगाएर औपचारिक स्वागत गरेका थिए।
उनले कांग्रेसमा प्रवेश गर्ने सबैको आगमनले पार्टी संगठन अझ सबल र सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् ।