मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर, देशभर बदली
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
450
Shares
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर रहेकाले आज देशभरको मौसम सामान्यतया बदली रहनेछ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति देशभरको मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसका साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।