काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो काठमाडौंको ऐतिहासिक इन्द्रजात्राको अवलोकन गरेका छन्। उनले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा पनि हेरेका थिए।
जात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, प्रदेश सभा सदस्यहरू, र काठमाडौं महानगरका मेयर बालेन्द्र साह पनि गद्दी बैठकमा पुगेका थिए। विभिन्न देशका पाहुनाहरू पनि इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका थिए।
सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको यो पर्वका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल नै हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए।