प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेन-जी आन्दोलनका घाइतेहरूसँग भेट [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
613
Shares
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटघाट गरेकी छिन्।
अस्पतालका चिकित्सकहरूका अनुसार, भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरूको राम्रोसँग उपचार गर्न निर्देशन दिँदै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन्। जेन-जी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको थियो।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेकी हुन्। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार, उनले आन्दोलनकारीहरूले जलाएका प्रहरी चौकीहरूको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।