प्रधानमन्त्री कार्कीको दोस्रो दिनः आन्दोलनका घाइते भेट्नेदेखि प्रहरी वृत्त निरीक्षणसम्म [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
788
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको दोस्रो दिन अनुगमनमा बितेको छ । उनले कार्यभार सम्हालेको दोस्रो दिन शनिबार ‘जेन–जी’ आन्दोलनका घाइते भेट्नेदेखि लिएर प्रहरी वृत्त निरीक्षणसम्म गरेकी छिन् ।
उनी मीनभवनस्थित निजामती अस्पतालदेखि ट्रमा सेन्टरमा गएर उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । त्यस क्रममा घाइतेहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस् भनेका थिए ।
प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
त्यस्तै उनले जेन जी आन्दोलनमा आगजनी गरिएको महाराजगन्जस्थित प्रहरी वृत्तको निरीक्षण गरिन् । राष्ट्रिय ट्रमा सेन्टर र सिभिल हस्पिटलमा घाइतेहरुलाई भेटेर उनी महाराजगन्ज पुगेकी हुन् ।
उनले शुक्रबार राति शपथ लिएकी थिइन् । शपथपछि कार्यभार सम्हालिन् । अनि राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरे र आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति घोषणाा गरे ।