arrow

मधेसका मुख्यमन्त्री र मन्त्रीलाई जनमतले बोलायो फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
satishkumar-singh-cm.jpg
तस्बिर – फाइल ।

धनुषा । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन् ।  

उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए ।

संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए । यही भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिएका थिए तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिएनन् । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएको भनी आलोचना भएको थियो ।

यहाँ जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल सत्तासाझेदार छन् । मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ