प्रधानमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तारको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
999
Shares
काठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन्।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्कीलाई जेन-जी पुस्ताले भोटिङमार्फत प्रधानमन्त्री बनाउने निर्णय गरेका थिए। सोही प्रक्रियालाई पछ्याउँदै जेन-जीहरूले मन्त्रीहरूको चयन पनि भोटिङकै आधारमा गर्ने तयारी गरेका छन्।
राजनीतिक दलमा संलग्न नभएका व्यक्तिहरूलाई मन्त्री पदमा चयन गर्ने तयारी भइरहेको बुझिएको छ।