arrow

भालुको आक्रमणबाट गाईबस्तु चराउन गएका दुई जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
Jumla--hamrakura.jpg.jpeg

मुगु। जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका-५ बाझगाडको भित्र बनमा गाईबस्तु चराउन गएका बेला भालुले उनीहरूलाई आक्रमण गरेको हो।

भालुको आक्रमणबाट सोही गाउँका ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएका छन्। स्थानीयवासी दलबिर रोकायाका अनुसार, गम्भीर घाइते भएका हरिचन्द्रलाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ। सामान्य घाइते गणेशको भने स्थानीय स्तरमै उपचार भइरहेको छ।

स्थानीयका अनुसार, बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो। आक्रमणको क्रममा गाई, गोरु र भेडाहरू पनि मरेका छन्।

घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले भालु नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ