नेप्सेको अन्तिम १५ मिनेटको भारित औसत मूल्य प्रणाली स्थगित
नयाँ व्यवस्था कहिलेदेखि लागू हुन्छ?
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
780
Shares
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्थालाई स्थगित गरेको छ। यो व्यवस्था गत चैतदेखि लागू गरिएको थियो।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले नेपाल धितोपत्र बोर्डको निर्देशनपछि उक्त व्यवस्था हाललाई स्थगन गरिएको जानकारी दिए।
सूचना अधिकारी पराजुलीका अनुसार, परिवर्तित व्यवस्थाको आज (आइतबार) प्राविधिक परीक्षण हुनेछ। भोलि सार्वजनिक बिदा परेकाले यो नयाँ व्यवस्था मङ्गलबारदेखि लागू हुनेछ।
गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ मा भएको संशोधनअनुसार, दिउँसो २:४५ बजेदेखि ३:०० बजेसम्मको कारोबारको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिने व्यवस्था गरिएको थियो। यदि सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने प्रावधान थियो।