‘जेन-जी’ प्रदर्शनबाट प्रभावित व्यवसायीलाई सहुलियत दिन्छौँः राष्ट्र बैंक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
889
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले 'जेन-जी' प्रदर्शनबाट प्रभावित व्यवसायीहरूको मनोबल उकास्न विभिन्न किसिमका सहुलियत प्रदान गर्ने बताएका छन्।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कर्जा पुनर्संरचना, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह र कम ब्याजमा ऋण उपलब्ध गराउने जस्ता कार्यहरू गरिने जानकारी दिए।
खरेलले हाल अर्थतन्त्रमा ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको र ब्याजदर पनि सहज अवस्थामा रहेकोले पुनर्निर्माणका कामहरू सहज हुने दाबी गरे। "अबको मुख्य विषय निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो," उनले भने।
उनले अहिलेको सहज वित्तीय स्थितिको फाइदा उठाउँदै चालू आर्थिक वर्षमा ५.५ देखि ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न सकिने पनि विश्वास व्यक्त गरे।