शिक्षामन्त्री पुनको सीटीईभीटीलाई चार बुँदे निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1.3k
Shares
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा प्राविधिक शिक्षा तaथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) का अध्यक्ष महावीर पुनले परिषद्लाई तत्काल कार्यान्वयन गर्नका लागि चार बुँदे निर्देशन दिएका छन्।
मन्त्री पुनले दिएका निर्देशनअनुसार, सिटिइभीटीले असोज मसान्तभित्र मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तन समावेश गर्नका लागि खाका तयार गरी पेस गर्नुपर्नेछ।
परीक्षालगायत प्रशासनिक सुधारमा जोड दिँदै मन्त्री पुनले एकीकृत क्यालेन्डर बनाउन र परीक्षाफल अनिवार्य रूपमा तीन महिनाभित्र प्रकाशन गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। साथै, परिषद्को कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने र सम्बोधन गर्ने शाखा तुरुन्त बनाएर सञ्चालनमा ल्याउनुपर्ने पनि उनले बताएका छन्।
त्यसैगरी, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरूको छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस गर्न र सम्बन्धन दिने वा नदिने निर्णय तुरुन्त गर्न पनि मन्त्री पुनले निर्देशन दिएका छन्।