कालीमाटीमा यस्तो छ तरकारी तथा फलफूलको थोक मूल्यसूची
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
916
Shares
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
तरकारीको थोक मूल्य
आज गोलभेँडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ भने सानो (लोकल) गोलभेँडा ४० रुपैयाँ र टनेल गोलभेँडा ४८ रुपैयाँ मा कारोबार भइरहेको छ। आलु रातो ५० रुपैयाँ, भारतीय आलु ३४ रुपैयाँ र मुडेको आलु ४२ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। प्याज सुकेको भारतीयको थोक मूल्य ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
बन्दा (लोकल) ६० रुपैयाँ र काउली (स्थानीय) ९० रुपैयाँ प्रतिकिलो पुगेको छ। गाजर लोकल १२० रुपैयाँ र तराईको गाजर ९० रुपैयाँ मा पाइनेछ। मूला रातो र सेतो (हाइब्रिड) दुवै ४५ रुपैयाँ प्रतिकिलो कायम भएको छ। भन्टा लाम्चो २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ मा कारोबार भइरहेको छ। बोडीतर्फ तने बोडी १२० रुपैयाँ र मकै बोडी ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
घिउ सिमी (लोकल) र (हाइब्रिड) दुवै १०० रुपैयाँ, भटमास कोसा ९० रुपैयाँ, तीतो करेला र लौका ६० रुपैयाँ प्रतिकिलोमा पाइनेछ। परवर (लोकल) र (तराई) दुवै ९० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ७० रुपैयाँ, र झिगुनी ९० रुपैयाँ कायम छ। फर्सी पाकेको ७० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ४० रुपैयाँ, र हरियो फर्सी (डल्लो) ३० रुपैयाँ मा बिक्री भइरहेको छ। सलगम र भिण्डीको मूल्य ८० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
अन्य कृषि उपज
सागतर्फ रायोसाग र पालुङ्गो साग ९० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र चमसुरको साग १९० रुपैयाँ प्रतिकिलो तोकिएको छ। पिँडालु ७० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, र स्कूसको मूल्य १५ रुपैयाँ प्रतिकिलोमा झरेको छ। च्याउ (कन्य) २०० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो कायम छ। कुरिलो ३५० रुपैयाँ र निगुरो ७० रुपैयाँ मा पाइनेछ।
ब्रोकाउली १८० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन १८० रुपैयाँ, रातो बन्दा १५० रुपैयाँ, तोफु १३० रुपैयाँ, र गुन्द्रुक २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। पार्सले र पुदिनाको मूल्य ६०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलको थोक मूल्य
फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ र स्याउ (फुजी) २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। केरा प्रतिदर्जन ११० रुपैयाँ, कागती १२० रुपैयाँ, र अनार ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। तरबुजा हरियो ६० रुपैयाँ, मौसम १४० रुपैयाँ, र जुनार २४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
भुइँकटहर प्रतिगोटा १४० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, र अम्बा ८० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। लप्सी ५० रुपैयाँ, किबी २५० रुपैयाँ, र आभोकाडो २५० रुपैयाँ प्रतिकिलो कायम छ। नास्पाती (लोकल) ८० रुपैयाँ र नास्पाती (चाइनिज) २०० रुपैयाँ मा पाइनेछ।