arrow

सुनकोशीमा बोलेरो खस्दा १३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
jeep-accident-sunkoshi.jpg

रामेछाप । काठमाडौँबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन् ।

बा२०च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी घाइतेलाई खुर्काेटको सामुदायिक अस्पताल र सुनकोशी अस्पतामा पुर्याएका थिए ।

उनीहरूको उपचार जारी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ