प्रधानमन्त्री कार्कीले यस वर्षको दशैँमा टीका नलगाउने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
1.2k
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरूको महान् चाड बडादशैँका अवसरमा यस वर्ष टीका नलगाउने निर्णय गरेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए।
बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ।