देशभर मनसुनी र स्थानीय वायूको प्रभाव : भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1k
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू-भागहरू तथा मधेश प्रदेश लगायतका स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। राति कोशी, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसका अतिरिक्त, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
सक्रिय मनसुनी प्रभावका कारण नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिन्छ।