arrow

राति यात्रा नगर्न सडक विभागको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
pahiro-ktm-mugling.jpg

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएपछि सडक विभागले पहिरोको जोखिम बढेको भन्दै अत्यावश्यक नभए रातिको समयमा यात्रा नगर्न सबैमा अनुरोध गरेको छ।

वर्षासँगै पहिरोको जोखिम पनि बढ्ने भएकाले विभागले यो सुझाव दिएको हो। सडक विभागले मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीहरूलाई विपद् प्रतिकार्यकार्यका लागि तयार रहन समेत आह्वान गरेको छ।

विभागले विशेष गरी नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, र दाउन्ने सडक खण्डहरूमा यात्रा गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित यात्राका लागि अत्यावश्यक नभए रातिको समयमा यात्रा नगरिदिन विभागले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ