arrow

आकाश खुलेसँगै आन्तरिक उडान सञ्चालनमा, विराटनगरमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
airport-domestic-terminal-tia-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आकाश बिहानैदेखि खुलेसँगै देशभरका अधिकांश आन्तरिक उडान संचालन भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ६ बजेदेखि नै आन्तरिक उडान भएको विमानस्थलले जनाएको छ । 

विराटनगर विमानस्थलमा भने आकाश नखुलेका कारणले पहिलो उडान भए पनि त्यसपछि रोकिएको छ । अन्य विमानस्थलमा काठमाडौँबाट उडान भएको छ । 

उपत्यकामा आकाश खुलेसँगै उडान भएको हो । यसअघि हिजो उडान पूरै स्थगित भएको थियो । 

अन्तर्राष्ट्रिय उडानहरु निरन्तर भइरहे पनि हिजो भने खराब मौसमका कारण डाइभर्ट गरेर कहिले भारत त कहिले बंगलादेश मोड्नु परेको थियो । तर ती उडान काठमाडौँमै फर्केका थिए । 

आज करिब डेढ सय आन्तरिक उडान तय भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ