देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1.3k
Shares
काठमाडौँ । हाल नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव कायम छ। यसबाहेकका बाँकी भू-भागमा भने मनसुनी वायूको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी तराई भू-भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागमा वर्षाको सम्भावना छ। साथै, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।