देशका अधिकांश भू-भागमा पश्चिमी वायुको प्रभाव, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
1k
Shares
काठमाडौँ। हाल नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसका साथै देशका बाँकी भू-भागमा भने मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव देखिएको छ।
आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यद्यपि, कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।