arrow

देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै स्थानमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पनि यसको असर देखिएको छ। देशका बाँकी भूभागमा भने मनसुनी तथा स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाइएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै, यी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ