arrow

कालीमाटीमा विषादीको उच्च मात्रा: हरियो फर्सी, घिरौंला र काँक्रो उपभोग अयोग्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
tarkari-vegitable.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिपोर्टले बिहीबार हरियो फर्सी, घिरौंला र काँक्रोमा उपभोग अयोग्य मानिने अत्यधिक विषादी भेटिएको पुष्टि गरेको छ।

समितिका अनुसार तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यसलाई उपभोग अयोग्य मानिन्छ। बिहीबारको परीक्षणमा मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा ४५.५९८ प्रतिशत अर्गानोफोस्फेट नामक विषादी भेटिएको थियो।

त्यसैगरी, धादिङबाट राजेन्द्र प्रसाद कानुको बारीबाट ल्याइएको घिरौंलामा ६५.०३० प्रतिशत र काठमाडौँस्थित कानुकै बारीबाट ल्याइएको काँक्रोमा समेत ५२.९२१ प्रतिशत अर्गानोफोस्फेटको मात्रा पाइएको थियो। यी सबै तरकारी उपभोग अयोग्यको श्रेणीमा परेका छन्।

समितिले विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य र ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन क्वारेन्टाइनमा राखेर उपभोग योग्य हुने मापदण्ड निर्धारण गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ