बजार भाउमा नयाँ 'ट्विस्ट': कालीमाटीमा प्याज र गोलभेँडाको मूल्य कति ?
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
976
Shares
काठमाडौं । कालीमाटीमा गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तोकेको न्युनतम थोक मूल्य अनुसार गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ७० रुपैयाँ, तीतो करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ ।