दाङ । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय महिला तरकारी बेच्न दैनिक लामो बाटो हिँडेर जानुपर्छ ।
घोराही पुग्न करिब डेढ घण्टा हिँड्नुपर्ने उनीहरु बताउँछन् । तस्बिरमा उनीहरु शनिबार बिहान झिसमिसे उज्यालोमा पैदल बाटो हिँडेर घोराही बजारमा तरकारी बिक्री गर्न जाँदैछन् । रासस