arrow

प्राकृतिक सम्पत्ति, जैविक विविधता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
natural-beauty-wildlife-82-6-25.jpg
 तस्बिर –दृष्टान्त बिडारी, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

 हाम्रो देश भौगोलिक हिसाबले जति सानो छ, प्राकृतिक हिसाबले उति नै ठूलो र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठूल्ठूला नदीहरुले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ । 

 ९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किराफट्याङ्ग्रा र वनस्पति नेपालमा पाइन्छ । देशको कूल भूभागको २३.३९५ जमीनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातिका पाटे बाघ, एक सिंङ्गे गैंडा, जङ्गली हात्तीजस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्सेनि लाखौंको सङ्ख्यामा विभिन्न प्रजातिका चराहरु अन्य मुलुकहरुबाट नेपाल बसाईँ सरेर आउने गर्छन् । 

त्यस बाहेक पनि संसारमा कतै नपाइने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाइन्छ । यसकै आधारमा पनि वर्तमान समयमा वैज्ञानिक खोज अनुसन्धानमा विस्तारै अघि सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठूलो फड्को मार्न सक्ने संभावना प्रशस्त देखिन्छ ।

natural-beauty-wildlife (6).jpg
natural-beauty-wildlife (7).jpg
natural-beauty-wildlife (8).jpg
natural-beauty-wildlife (9).jpg
natural-beauty-wildlife (10).jpg
natural-beauty-wildlife (11).jpg
natural-beauty-wildlife (12).jpg
natural-beauty-wildlife (13).jpg
natural-beauty-wildlife (14).jpg
natural-beauty-wildlife (15).jpg
natural-beauty-wildlife (16).jpg
natural-beauty-wildlife (17).jpg
natural-beauty-wildlife (18).jpg
natural-beauty-wildlife (19).jpg
natural-beauty-wildlife (1).jpg
natural-beauty-wildlife (2).jpg
natural-beauty-wildlife (3).jpg
natural-beauty-wildlife (4).jpg
natural-beauty-wildlife (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ