arrow

राजेश हमालको युग देखि युगसम्म [फोटोफिचर]

logo
ममुन केसी, 
प्रकाशित २०८२ असोज २५ शनिबार
rajesh-hamal-yugdekhi-yugsamma-82-6-25.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमाजगत र समाजमा उनको योगदानलाई समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ। 

यो पुस्तक लेखक यज्ञशसँगको संवादमा आधारित रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, लेखक बुद्धिसागर र साहित्यकार मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

‘युगदेखि युगसम्म’मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, उनले चलचित्र क्षेत्रमा बिताएको समय, संघर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन् ।

पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरूलाई समेत आत्मीय ढङ्गले प्रस्तुत गरेको छ।

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो। भक्तपुरबाट आएका रविन्द्र बस्नेत भन्छन्, “सुरुका २५ जनाले मात्र हस्ताक्षरसहितको पुस्तक निःशुल्क पाउने अवसर पाइयो । म बिहानै पुस्तक लिन आएको थिएँ, र अन्त्यमा भाग्यमानी भएर पाउन सफल भएँ । लामो समयदेखि चलचित्र क्षेत्रमा देखिँदै आएको चमकमाथि उहाँको वास्तविक जीवन र उहाँ वरिपरिको संसार बुझ्न अब हामी अझ नजिकबाट जान पाउनेछौं। म सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु।”

त्यसैगरी पुस्तकका उत्साही पाठक बुद्धि ब्लोन तामाङ भन्छन्, “राजेश हमालले पहिले नै फेसबुकमा यस पुस्तकको बारेमा लेख्नुभएको थियो। मलाई त्यतिबेलै पढ्ने हतार भयो। हामीले पर्दामा हेर्दा उहाँको जीवन रमाइलो र ग्लामरस देखिन्छ, तर यस पुस्तकमार्फत उहाँको संघर्ष, मिहिनेत र आत्मबलको कथा बुझ्न सकिन्छ। म बिहानै पुगेको थिएँ र २५ जनामध्ये दोस्रो नम्बरमा पुस्तक पाउँदा निकै खुशी छु।”

पुस्तकमा हमालको चलचित्रको योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ।

‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सिनेमा प्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए।

rajesh-hamal-yugdekhi-yugsamma (9).jpg
rajesh-hamal-yugdekhi-yugsamma (10).jpg
rajesh-hamal-yugdekhi-yugsamma (11).jpg
rajesh-hamal-yugdekhi-yugsamma (12).jpg
rajesh-hamal-yugdekhi-yugsamma (13).jpg
rajesh-hamal-yugdekhi-yugsamma (14).jpg
rajesh-hamal-yugdekhi-yugsamma (15).jpg
rajesh-hamal-yugdekhi-yugsamma (1).jpg
rajesh-hamal-yugdekhi-yugsamma (2).jpg
rajesh-hamal-yugdekhi-yugsamma (3).jpg
rajesh-hamal-yugdekhi-yugsamma (4).jpg
rajesh-hamal-yugdekhi-yugsamma (5).jpg
rajesh-hamal-yugdekhi-yugsamma (6).jpg
rajesh-hamal-yugdekhi-yugsamma (7).jpg
rajesh-hamal-yugdekhi-yugsamma (8).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ