अधिकांश स्थानको मौसम सफा : कोशी र गण्डकीका केही भागमा हल्का बदली
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
738
Shares
काठमाडौँ। नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज (आइतबार) अधिकांश स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी सम्पूर्ण भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।