arrow

कालिमाटीमा तरकारी तथा फलफूलको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
tarkari-vegitable.jpg

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

आजको मूल्यसूचीअनुसार प्रमुख तरकारीहरूमध्ये गोलभेँडा ठूलो (भारतीय) रु ७०, लोकल गोलभेँडा सानो रु ४०, र टनेल गोलभेँडा रु ५० प्रतिकिलो तोकिएको छ। आलु रातो रु ५३, भारतीय रातो आलु रु ३८ र मुडे आलु रु ४५ मा कारोबार हुनेछ भने प्याज सुकेको (भारतीय) को मूल्य रु ३५ कायम भएको छ।

अन्य तरकारीहरूमा गाजर (लोकल) रु ११०, लोकल बन्दा रु ४०, काउली स्थानीय रु ८०, रातो मूला रु ४५, र सेतो मूला (हाइब्रिड) रु ७० रहेको छ। तने बोडी रु १६० र घिउ सिमी (लोकल/हाइब्रिड) रु १२० प्रतिकिलो छ। तीतो करेला रु ६०, लौका रु ३५, परबर (लोकल/तराई) रु १०० र चिचिण्डो रु ४५ मा किनबेच हुनेछ।

सागपाततर्फ रायोसागको मूल्य रु १५०, पालुङ्गो र चमसुर साग रु १४०, तोरीको साग रु ७० र हरियो प्याज रु ७० प्रतिकिलो तोकिएको छ। च्याउ (कन्य) रु १९० र च्याउ (डल्ले) रु ३०० प्रतिकिलो निर्धारण भएको छ।

फलफूलतर्फ स्याउ (फुजी) रु २५०, स्याउ (झोले) रु २०० प्रतिकिलो रहेको छ। केरा प्रतिदर्जन रु ११०, कागती रु १२०, अनार रु ३०० र भारतीय सुन्तला रु १४० प्रतिकिलो छ। जुनार रु २५०, किबी रु २५० र आभोकाडोको मूल्य पनि रु २५० प्रतिकिलो तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ