कालीमाटीमा यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
871
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मङ्गलबार) का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८० र गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४ कायम भएको छ। आलु रातो प्रतिकिलो रु ५६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ।
अन्य तरकारीहरूमा गाजर (लोकल) रु १२५, लोकल बन्दा रु ५५, र काउली स्थानीय रु ११० मा कारोबार हुनेछ। तने बोडी रु १८०, घिउ सिमी (लोकल/हाइब्रिड) रु १४५, र घिउ सिमी (राजमा) रु २५० पुगेको छ। घिरौँला रु १००, लौका रु ९०, तीतो करेला रु १०० र भिन्डी रु १३० मा निर्धारण गरिएको छ।
सागपातमा रायोसाग, पालुङ्गो साग र चमसुर प्रतिकेजी रु २०० तोकिएको छ भने मेथीको साग रु २६० मा पुगेको छ। च्याउ (कन्य) रु २२०, च्याउ (डल्ले) रु ४००, र कुरिलो रु ५०० सम्म पुगेको छ। हरियो धनियाँको मूल्य रु २३० रहेको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १२०, कागती रु १३०, र अनार रु ३५० मा कारोबार हुनेछ। सुन्तला (भारतीय) रु १६०, मौसम रु १८०, र जुनार रु २६० रहेको छ। आभोकाडो रु ३५० र किबी रु ३०० तोकिएको छ।
खुर्सानीमा हरियो खुर्सानी (अकबरे) रु १५० र भेडे खुर्सानी रु १२० कायम भएको छ। ताजा माछा (रहु) प्रतिकिलो रु ३४० मा निर्धारण गरिएको छ।