arrow

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ