arrow

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ