arrow

झाँझ नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
dubera-khola-death.jpg

रौतहट । रौतहटको झाँझ नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । गरुडा नगरपालिका-५ शिवनगरस्थित झाँझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार  देवाही गोनाही नगरपालिका-३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो ।

नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्याएका थिए । 

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ