काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा भने देशभर मौसम पूर्णतया सफा रहने महाशाखाको पूर्वानुमान छ।