arrow

देशभर मौसम सफा, कोशीका पहाडी भूभागमा फाट्टफुट्ट वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ।  हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

आज रातिको समयमा भने देशभर मौसम मुख्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ