arrow

विपिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन् –  नेपालको छोरा भएर सधैँ बाँचिरहने छन् [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
sushila-karki-bipin-joshi-.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हमासले बन्धक बनाइ मारेका नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छिन् ।

जोशीप्रति सोमबार काठमाडौँमा श्रद्धाञ्जलि व्यक्त गर्दै उनले भनिन्, “जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताइन् । उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरिन् । 

“हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो”,प्रधानमन्त्री कार्कीले भनिन्,“उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको सिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।”

विपिन जोशी सबैका छोरा भएको र उनको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताइन् । “विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्”, उनले भनिन् । 

स्व जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको हो । 

bipin-joshi-funeral-82-7-3 (7).jpg
bipin-joshi-funeral-82-7-3 (8).jpg
bipin-joshi-funeral-82-7-3 (9).jpg
bipin-joshi-funeral-82-7-3 (10).jpg
bipin-joshi-funeral-82-7-3 (11).jpg
bipin-joshi-funeral-82-7-3 (1).jpg
bipin-joshi-funeral-82-7-3 (2).jpg
bipin-joshi-funeral-82-7-3 (3).jpg
bipin-joshi-funeral-82-7-3 (4).jpg
bipin-joshi-funeral-82-7-3 (5).jpg
bipin-joshi-funeral-82-7-3 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ