देशभर मौसम सामान्यत: सफा, पहाडी क्षेत्रमा फाटफुट वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
1k
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको कारण मौसम सामान्यतः सफा रहनेछ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।