arrow

तयारी निर्वाचनको

प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
sushila-karki-pm-82-6-9.jpg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (मङ्गलबार) आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छिन्।

यो महत्त्वपूर्ण छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय गरिएको छ। छलफलका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत प्रमुख दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे तापनि हालसम्म चुनावको वातावरण सिर्जना हुन नसकेको भन्दै राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरूसँग यसबारे छलफल गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ