arrow

गोवर्द्धन पूजाका दिन यस्तो रहनेछ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। आज गोवर्द्धन पूजाका दिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम मुख्यतया सफा रहनेछ।

विभागले दिएको जानकारीअनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यसका साथै, एकाध स्थानमा हिमपातको सम्भावनासमेत रहेकाले महाशाखाले पछिल्लो मौसमी जानकारी लिन सबैलाई आग्रह गरेको छ।

आज राति भने सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ। रातिको समयमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ