रौतहट। रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ। गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर निधन भएको हो।
नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्यसमेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।
करेन्ट लागेपछि अचेत भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई अपराह्न ४ः३० बजे मृत घोषित गरेको प्रहरीले जनाएको छ। स्थानीय राजनीतिमा सक्रिय एवं समाजसेवीका रूपमा परिचित यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ।