arrow

छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव, उच्च भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। यद्यपि, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

त्यसैगरी, आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। रातिको समयमा गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ