arrow

देशभर मौसम सफा, उच्च भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी मौसम बुलेटिनअनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ