देशमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव: उच्च भेगमा वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1k
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।
सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।