arrow

सोमबार यस्तो छ फलफूल तथा तरकारीको न्यूनतम थोक मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
tarkari-vegitable.jpg

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि विभिन्न कृषि उपजहरूको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ र टनेलको गोलभेँडा ४० रुपैयाँ तोकिएको छ। आलु रातो ६८ रुपैयाँ, भारतीय आलु रातो ३६ रुपैयाँ र मुडे आलु रातो ४५ रुपैयाँ कायम भएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ३४ रुपैयाँ रहेको छ।

अन्य तरकारीहरूमध्ये लोकल गाजर ११० रुपैयाँ र तराईको गाजर ९० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, काउली स्थानीय ८५ रुपैयाँ, रातो मूला ५० रुपैयाँ र हाइब्रिड सेतो मूला ४० रुपैयाँ निर्धारण गरिएको छ। भन्टा लाम्चो ४० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ। बोडीतर्फ तने बोडी ९० रुपैयाँ र मकै बोडी ४० रुपैयाँ कायम भएको छ।

घिउ सिमी (लोकल र हाइब्रिड) दुवै ६० रुपैयाँ, तर राजमा घिउ सिमी १५० रुपैयाँ रहेको छ। तीतो करेला, लौका, घिरौँला र परबर (तराई) सबैको मूल्य ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ। यस्तै, फर्सी पाकेको ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) ५० रुपैयाँ, सलगम ८० रुपैयाँ र भिन्डी ७० रुपैयाँ कायम भएको छ।

सागतर्फ, पालो पालुङ्गो साग प्रतिकिलो १८० रुपैयाँ, चमसुर २०० रुपैयाँ, रायोसाग ९० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, मेथीको साग १८० रुपैयाँ र हरियो प्याज ९० रुपैयाँ तोकिएको छ। च्याउ कन्य १७० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ पुगेको छ।

फलफूलतर्फ स्याउ झोले २०० रुपैयाँ र फुजी स्याउ २५० रुपैयाँ प्रतिकिलो रहेको छ। केरा प्रतिदर्जन ११० रुपैयाँ, कागती १०० रुपैयाँ, अनार ३०० रुपैयाँ र भारतीय सुन्तला १२० रुपैयाँ रहेको छ। मौसम ९० रुपैयाँ, जुनार २०० रुपैयाँ र किबी २३० रुपैयाँ प्रतिकिलो तोकिएको छ। भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ र मेवा (नेपाली) ६० रुपैयाँमा कारोबार हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ