काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकिलो ६० रुपैयाँ, सानो (लोकल) को २२ रुपैयाँ र सानो (टनेल) को ४० रुपैयाँ तोकिएको छ। आलु रातो प्रतिकिलो ७० रुपैयाँ, आलु रातो (भारतीय) ३६ रुपैयाँ र आलु रातो (मुडे) ४५ रुपैयाँ कायम भएको छ। यस्तै, प्याज सुकेको (भारतीय) को थोक मूल्य प्रतिकिलो ३६ रुपैयाँ रहेको छ।
हरियो तरकारीतर्फ गाजर (लोकल) ११० रुपैयाँ र गाजर (तराई) ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र काउली स्थानीय ७० रुपैयाँ निर्धारण गरिएको छ। मूला (रातो र सेतो हाइब्रिड दुवै) को मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ। तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ र तीतो करेला ५० रुपैयाँ रहेको छ।
साग र अन्य वस्तुहरूमा पालुङ्गो साग प्रतिकेजी १४० रुपैयाँ, चमसुर १५० रुपैयाँ, मेथीको साग १८० रुपैयाँ र रायो साग ६० रुपैयाँ तोकिएको छ। च्याउ (कन्य) २०० रुपैयाँ र च्याउ (डल्ले) ३५० रुपैयाँ तथा कुरिलो प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ। ब्रोकाउली १५० रुपैयाँ, रातो बन्दा १०० रुपैयाँ र सलगम ८० रुपैयाँ कायम भएको छ।
फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ र स्याउ (फुजी) २५० रुपैयाँ प्रतिकिलो, केरा प्रतिदर्जन ११० रुपैयाँ, कागती १२० रुपैयाँ र अनार ३०० रुपैयाँ प्रतिकिलो रहेको छ। भारतीय सुन्तला १२० रुपैयाँ, जुनार २०० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ र किबी २३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।