arrow

यस्तो छ कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
tarkari-vegitable.jpg

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७० र भारतीय गोलभेँडा रु ७५ तोकिएको छ भने सानो लोकल गोलभेँडा रु ४७ र टनेलको रु ६५ कायम भएको छ। आलु रातो प्रतिकिलो रु ८० र भारतीय आलु रातो रु ४२ मा निर्धारण गरिएको छ। प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो रु ४० रहेको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) रु १२०, बन्दा (लोकल) रु ६५, काउली स्थानीय रु १००, सेतो मूला (लोकल) रु ३५ र रातो मूला रु ५५ रहेको छ। सिमीको भाउमा घिउ सिमी (लोकल) रु ६५, मकै बोडी रु ६५, टाटे सिमी रु ८० र मटर कोसा रु २०० रहेको छ। फर्सी पाकेको रु ५५, लौका रु ७०, भिन्डी रु १००, करेला रु १०० र स्कूस रु २० मा निर्धारण गरिएको छ। सागपातमा रायो साग रु ७५, पालुङ्गो साग रु १४०, तोरीको साग रु ६० र मेथीको साग रु २०० तोकिएको छ। कन्य च्याउ रु २१० र डल्ले च्याउ रु ४०० रहेको छ भने कुरिलोको मूल्य प्रतिकिलो रु ५५० कायम भएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २४०, स्याउ (फुजी) रु ३०० र केरा प्रतिदर्जन रु १३० मा निर्धारण गरिएको छ। कागती रु १४०, अनार रु ३५०, नेपाली सुन्तला रु १२० र भारतीय सुन्तला रु १३० रहेको छ। किबी रु २६० र आभोकाडो रु ३५० तोकिएको छ।

मसलाजन्य वस्तुमा हरियो खुर्सानी रु १००, भेडे खुर्सानी रु १६०, हरियो धनियाँ रु ३५० र सुकेको लसुन (नेपाली/चाइनिज) रु २०० मा निर्धारण भएको छ। ताजा माछामध्ये रहु प्रतिकिलो रु ३४०, बचुवा रु २८० र छडी रु २५० कायम गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ