arrow

कालीमाटी बजार: आज टमाटर, प्याज, आलुको भाउ कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
tarkari-vegitable.jpg

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि विभिन्न कृषि उपजहरूको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार, आज गोलभेँडा ठूलो (टनेल/भारतीय) र गोलभेँडा सानो (टनेल) को मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने गोलभेँडा सानो (लोकल) प्रतिकिलो २७ रुपैयाँ मा कारोबार भइरहेको छ। आलुमध्ये आलु रातो प्रतिकिलो ८५ रुपैयाँ र आलु रातो (भारतीय) ४८ रुपैयाँ तथा आलु सेतो ६८ रुपैयाँ रहेको छ। प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ मा कारोबार भइरहेको छ।

अन्य तरकारीहरूमध्ये लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो र सेतो मूला (हाइब्रिड) दुवै प्रतिकेजी ४० रुपैयाँ रहेको छ। भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ तोकिएको छ। तने बोडी १६० रुपैयाँ र मकै बोडी ५५ रुपैयाँ कायम भएको छ।

यसैगरी, घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवै प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) १५० रुपैयाँ, मटरकोसा १४० रुपैयाँ, तीतो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँ, भिन्डी ९० रुपैयाँ, र सखरखण्ड ७० रुपैयाँ रहेको छ। स्कूस सबैभन्दा सस्तो प्रतिकिलो १० रुपैयाँ मा कारोबार भइरहेको छ।

सागपाततर्फ रायो साग १०० रुपैयाँ, पालुङ्गो साग १३० रुपैयाँ, चमसुर १५० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ र मेथीको साग १८० रुपैयाँ निर्धारण गरिएको छ। च्याउहरूमा च्याउ (कन्य) १८० रुपैयाँ र च्याउ (डल्ले) २८० रुपैयाँ तथा कुरिलो ५०० रुपैयाँ मा कारोबार भइरहेको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा प्रतिदर्जन १२० रुपैयाँ, कागती ११० रुपैयाँ र अनार ३०० रुपैयाँ रहेको छ। नेपाली सुन्तला प्रतिकिलो ९० रुपैयाँ, जुनार २३० रुपैयाँ र किबी २४० रुपैयाँ निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ