arrow

खैरापुरमा दुर्लभ कृष्णसार, पर्यटकलाई आकर्षण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
krishnasar-blackbuck-bardia-82-7-17 (10).JPG
तस्बिर –प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।

बर्दिया । दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउने गरेका छन् । यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको छ ।

कृष्णसार संरक्षण क्षेत्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा स्वदेशी, सार्क र विदेशका गरी ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए ।

यस आर्थिक वर्षमा भने बर्सात्को मौसमका कारण पर्यटक कम आएका बताइएको छ । पर्यटकहरु दिनभर अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटेलमा फर्किने गर्छन् ।

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ । हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार रहेका छन् ।

सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसको क्षेत्रफल १६.९५ वर्ग कि।मि। रहेको छ । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५।२७ वर्ग कि।मि। र वरिपरिको प्रभावित क्षेत्र ११।६८ वर्ग कि।मि। रहेको छ ।

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ । त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ । 

कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

 

krishnasar-blackbuck-bardia-82-7-17 (18).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (19).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (20).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (1).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (2).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (3).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (4).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (5).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (6).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (7).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (8).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (9).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (10).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (11).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (12).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (13).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (14).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (15).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (16).JPG
krishnasar-blackbuck-bardia-82-7-17 (17).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ