दोधारा चाँदनी पुलः सुविधासँगै पर्यटक आकर्षण [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
890
Shares
तस्बिर – प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो।
यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक आउने गरेका छन् ।
दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ । यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ ।
विसं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो ।