arrow

अदनचुलीमा छत्रपाल आधारभूत विद्यालयमा आगलागी

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
fire-adanchuli1.jpg

हुम्ला । हुम्ला जिल्ला अदनचुली गाउँपालिका–३ मा अवस्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ।

प्रारम्भिक जानकारी अनुसार आगोले विद्यालयका केही कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट भएको छ ।

आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन । घटनास्थलमा प्रहरी, स्थानीयबासी र विद्यालयका शिक्षकहरूले आगो नियन्त्रणका प्रयास गरेका भए पनि पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अन्य थप विवरण आउन बाँकी रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ