केन्द्रीय बैंकद्वारा उपदान कोषको तीन अर्ब लगानी गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
611
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा लगानी गर्ने जानकारी दिएको छ। यो रकम प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाले निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम राखेको हुनुपर्ने लगायतका कडा सर्तहरू पूरा गर्नुपर्नेछ।
लगानी गर्न लागिएको रकममध्ये वाणिज्य बैंकहरूमा सबैभन्दा बढी रु दुई अर्ब ९६ करोड छुट्याइएको छ।